® कम्पनि दर्ता नम्बरः ३५३२८४

विद्यार्थी सचेतना कार्यक्रम टोकियोमा भव्य रूपमा सम्पन्न

Share

टोकियो, जापान – बहुआयामिक टिम जापान शाखाको आयोजनामा

May be an image of 9 people and text

बहुआयामिक टिम जापान शाखाले आयोजना गरेको विद्यार्थी सचेतना कार्यक्रम जापानको टोकियो सहरमा भव्यता र अनुशासनका साथ सम्पन्न भएको छ। कार्यक्रममा जापानस्थित नेपाली विद्यार्थीहरूबीच उनीहरूले भोगिरहेका समस्या, समाधानका उपायहरू, अवसरहरू, र चुनौतीहरूका विषयमा गहन छलफल र अन्तरक्रिया सम्पन्न भएको थियो।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा सहभागी विद्यार्थीहरूले आफ्ना जिज्ञासाहरू खुला रूपमा राख्न पाए र ती जिज्ञासाहरूको समुचित प्रष्टिकरण बहुआयामिक संस्थाका प्रबन्ध निर्देशक भुपेन्द्र शाहीज्यूद्वारा प्रस्तुत गरिएको थियो।

कार्यक्रमको सञ्चालन युवा विद्यार्थी रविन्द्र सिंह धामीले गरेका थिए भने सहजीकरणको भूमिका युवा लिडर अपिल शाहीज्यूले निर्वाह गर्नुभएको थियो।

सक्रिय सहभागिताका साथ समयको पूर्ण पाबन्दीमा रहँदै कार्यक्रमलाई सभ्य र सफल बनाउन योगदान दिने सम्पूर्ण विद्यार्थीहरूप्रति आयोजक टिमले हार्दिक आभार प्रकट गरेको छ।

आयोजक टिमले आगामी दिनमा पनि यस्तै महत्वपूर्ण कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै, कार्यक्रमलाई सफल बनाउन सहयोग र समर्थन गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।

May be an image of 9 people, people studying and text

जय बहुआयामिक!

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top