® कम्पनि दर्ता नम्बरः ३५३२८४

About us

बहुआयामिक कृषि केन्द्र प्रा.लि.मा स्वागत छ।

हाम्रो बारेमा: बहुआयामिक कृषि केन्द्र प्रा.लि. सन् २०२४ मा स्थापना गरिएको नेपाली स्वामित्वको निजी कम्पनी हो, जसको उद्देश्य कृषि विकास र ग्रामीण समृद्धिलाई बढावा दिनु हो । यस कम्पनीको मुख्य कार्यालय बिरेन्द्रनगर नगरपालिका-१, सुर्खेतमा रहेको छ भने शाखा कार्यालय काठमाडौंमा रहेको छ । हामी नवीनता र दिगो प्रविधिको माध्यमबाट कृषिको रूपान्तरण गर्न प्रतिबद्ध छौं ।

हाम्रो दृष्टिकोण: नेपालको कृषि क्षेत्रलाई दिगो र समृद्ध भविष्यतर्फ लैजान आधुनिक प्रविधिको एकीकरण र स्थानीय समुदायलाई सशक्त बनाउने ।

हाम्रो उद्देश्य:

  • किसानहरूको कृषि उत्पादन र बजार पहुँचलाई विस्तार गर्नु ।

  • दिगो र जैविक कृषि अभ्यासलाई प्रवर्द्धन गर्नु ।

  • उच्च गुणस्तरका बीउ, मलखाद, र कृषि औजार उपलब्ध गराउनु ।

  • तालिम, प्राविधिक सहयोग, र क्षमता विकास कार्यक्रमद्वारा किसानलाई सशक्त बनाउनु ।

Scroll to Top